जापान

संस्थापक अध्यक्ष कँडेल चितवन समाजद्वारा सम्मानित

चितवन समाज जापानका संस्थापक अध्यक्ष सरोज कँडेललाई जापानको नागोया शहरमा सम्मान गरिएको छ । कँडेललाई शनिवार जापनिज भाषा विधार्थीको रुपमा जापान आएर विध्यावारिधी गर्न सफल भएको भन्दै चितवन समाज, नागोया क्षेत्रिय समितिको आयोजनामा सम्मान गरिएको हो ।

कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सहअस्तित्वका लागि इकोटोरिजमको भूमिका सम्बन्धी बिषयमा विध्यावारिधी गरेका हुन् । सन् २००४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट अध्ययन पुरा गरेका हुन् ।

कँडेलले जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताए ।

कँडेललाई सम्मान पत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो । कार्यक्रममा जापानमा रहेको विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका क्षेत्रिय सचिव सन्तोश विकले आगान्तुकलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

कार्यक्रम प्रमुख अतिथि चितवन समाजका सल्लाहकार एवं एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो । कार्यक्रयमा पत्रकार एवं गल्कोट समाज जापानका सल्लाहकार भवानी पन्त, एनआरएनए, नागोयाका संरक्षण अर्जून केसी, नेपाली विद्यार्थी समाज, जापानका अध्यक्ष विष्णु भूषाल, एनआरएनए नागोयाका संयोजक श्याम शितल, गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीले कँडेललाई वधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै चितवन समाज जापानका सचिव तथा पत्रकार कविकिरण न्यौपाने, एनआरएनए जापानका पूर्व कार्यसमिति सदस्य एवं व्यवशायी चिरंजीवी सिग्देल, चितवन समाज नागोयाका निर्वतमान अध्यक्ष रामु खरेल, एनआरएनए जापानका सचिव विष्णुप्रसाद घिमिरे , उपाध्यक्ष दिपक कार्की, एनआरएनए आईसिसि सदस्य दिपक घिमिरे, एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठ लगाएतका महानुभावहरुले डा कँडेललाई बधाई व्यक्त गर्दै जापानबाट प्राप्त ज्ञान नेपाल र नेपालीका लागि लगाउन आग्रह गगर्दै जापान आएका विधार्थीहरुलाई कँडेलवाट प्रेरणा लिएर अघि वढ्न सुझाएका थिए ।

कार्यक्रम चितवन समाज नायोमा क्षेत्रिय समितिका अध्यक्ष शिव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन एनआरएनए जापानका पूर्व प्रवक्ता एवं पत्रकार सन्देश पोखरेलले गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.