परमादेश दिंदा सर्वोच्चले राष्ट्रपतिको अधिकार प्रयोग गर्यो
न्यायपालिकाभित्र भाँडभलो मच्चिइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले उक्त फैसला संविधान विपरीत भएको जिकिर र्दै उहाँले संसद विघटनका बिरुद्ध गठबन्धन र सर्वोच्च अदालतबीच सेटिङ भएर फैसला गरेको आरोप पनि लगाउनुभएको छ ।
सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रममा उहाँले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गर्दै यसको खुलासा न्यायाधीशहरुले नै गरिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो “कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयोअझै खुल्न बाँकी होला ।”
कार्यक्रममा उहाँले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताउँदै ए हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्