विश्व समाचार

बाइडेनलाई बधाई दिँदै डब्लुएचओ महानिर्देशकद्वारा सँगै काम गर्न इच्छुक रहेको भनाई

डोनाल्ड ट्रम्पले कोरोना महामारीको समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गतिविधि शंकास्पद रहेको भन्दै अनुदान रोक्दै बाहिरिने निर्णय गरेका भए अमेरिकामा नयाँ राष्ट्रपति चयन भएसंगै डब्लएचओले संगै काम गर्न इच्छुक रहेको बताएको छ ।

सो संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ । उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उहाँले सो बधाईसँगै आफू पनि उहाँहरुसँग काम गर्न इच्छुक रहेको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गर्नुभएको छ ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गर्नुभएको छ ।आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.