१२ हजार युवा कोरिया जाने प्रतिक्षामा, दोस्रो चरणमा ९६ जना जाँदै
नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीको निकै आकर्षक गन्तव्य दक्षिण कोरियाका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक जानेभएका छन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा छन् ।

कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यह कात्तिकबाट शुरु भएको थियो ।
जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसकेका छन् भने दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको जानकारी दिंदै अब क्रमशः नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने बताउनुभयो ।
कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान लागेका हुन् ।
ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेकर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्