अर्थ

तिहारमा सुन किन्नेलाई सुनौलो मौका ओरालो लाग्यो मूल्य

सुन

सुन

तिहार नजिकिंदै गर्दा पहेँलो धातु सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ ।

सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले घटेको छ । सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु एक हजार २१५ मा कारोवार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.