सूचना/प्रविधि

अनलाइन पठनपाठनको व्यवस्थासहित विद्यार्थीलाई निःशुल्क सीम दिन निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

नेपाला दूरसंचार प्राधिकरणको भ्रमण गर्दै मन्त्री गुरुङले सामुदायिक विद्यालयको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुने गरी व्यवस्था मिलाउन यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङले मंगलबार कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठन हुन नसकेको बताए । हरेक वडा तह र स्वास्थ्यचौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाइ नगर्न उनले प्राधिकरणलाई सचेत गराए ।

देशभर अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि मन्त्री गुरुङले प्रतिबद्धता जनाउनुभयो ।

तीन वटा प्याकेजमा विभाजन गरी निर्माण सुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २, वाग्मती, कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.