जन सरोकार

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर नेपालीहरुको तेस्रो ठूला चाड छठ सम्पन्न

दशैं र तिहारपछिको सबभन्दा ठलो चाड छट सम्पन्न भएको छ । बिहिबार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको हो । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् ।

योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।

प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् ।

घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् । दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी बताउँछन् ।

सँस्कृतिविद द्विवेदीका अनुसार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुले घर गएर भाकल अनुसार कोशी भर्ने गर्छन । व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् ।

बिहान छटघाट पुगेपछि शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।

छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

सूर्य पूजनको महत्व

आधुनिक युगमा पनि वैकल्पिक ऊर्जाको स्रोतको रूपमा सूर्यको महत्व छ । सूर्यको हरेक दिन र याममा मानवलाई खाँचो पर्छ । प्राचीन एवं आधुनिक चिकित्सा प्रणालीले कठिन रोगको उपचार र हानीकारक किटाणु नष्ट गर्न सूर्य किरण महत्वपूर्ण रहेको तर्क गर्छन् ।

योगा र ध्यान पद्धतिमा पनि सूर्यको उपासनालाई विशेष स्थान दिने गरिएको छ । उदाउँदै गरेको सुर्यको किरण शरीरमा परे त्यसबाट भिटामिन डि प्राप्त हुने चिकित्सकहरुको भनाइ छ ।

विभिन्न धर्म, जाति र समुदायको नाममा विभाजित हुने क्रम बढीरहेको समयमा एकै थलोमा उभेर गरिने सूर्यको उपासनाले एकताको सुत्रमा बाँधेको सन्देश दिन्छ । पश्चिम एसिया, प्राचीन युनान, इजिप्ट र बेबिलोन सभ्यता (हाल इराकको एक भाग)मा समेत सुर्यको पूजा हुने गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.