राजनीति

चित्रबहादुर केसी गम्भीर बिरामी, उपचार खर्चका लागि सहयोग आव्हान

राष्ट्रिय जनमोर्चाका अध्यक्ष था पूर्व उपप्रधान एवं कृषि तथा सहकारी मन्त्री चित्रबहदुर केसी गम्भीर बिरामी हुनुभएको छ । लामो समयदेखि निमोनिया पीडित केसीमा कोरोना संक्रमण पनि देखिएकाले यतिबेला मेडिसिटी अस्पतालमा उपचार भैरहेको र उपचार खर्च जुटाउन राष्ट्रिय जनमोर्चाले सहयोगको आव्हान गरेको छ ।

बुधबार राति पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गरी नेता केसीको अवस्था गम्भीर रहेको र लामो समयसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले उपचारमा लाग्ने लाखौं रुपैयाँ पार्टी तथा शुभचिन्तकहरुलाई सहयोगका लागि आव्हान गरिएको छ ।

नेता केसीको उपचारमा सहयोग गर्न चाहनुहुनेहरुले राष्ट्रिय जनमोर्चाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको वचत खाता नं. १४२०००४१७३०१ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.