टोकियो गभर्नरबाट नेपाली भाषामा नेपालीलाई कोरोनाप्रति सचेत रहन सन्देश (भिडियो)
नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानको राजधानी टोकियोका गभर्नरबाट जापानवासी नेपालीका लागि नेपाली भाषामा सन्देश दिंदै संक्रमण नहुने, संक्रमण हुन नदिने कुरा प्रति सचेत रहन आव्हान गर्नुभएको छ ।
गभर्नर युरिको कोइकेले ट्वीटरमा नेपाली भाषामा एक भिडियो सन्देश मार्फत चाडपर्व वा महोत्सवमा पनि हात धुने, मास्क लगाउने र सामाजिक दूरी कायम गराउने कुरामा सचेत रहँदै सानमिचु (तीनवटा बन्द)बाट टाढा रहन आव्हान गर्नुभएको छ ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिंदै गएका बेला देउसीभैला, सामूहिक भाइटीका तथा म्हपूजा जस्ता सामूहिक कार्यक्रम हुनसक्ने तर्फ सचेत गर्दै उहाँले उहाँले प्रियजनको सुरक्षाको लागि “संक्रमित नहुने, संक्रमण हुन नदिने” कुरा प्रति सचेत रहौं भन्नुभएको छ ।
एक तथ्याकं अनुसार जापानमा हाल दैनिक बढदो संक्रमितमध्ये ६० प्रतिशत विदेशी रहेको र त्यसमध्ये ५० प्रतिशत नेपाली रहेको दावी गरिएको अवस्थामा कोइकेको संन्देशलाई गंभिरतापूर्वक लिइएको छ । यद्यपि नेपालीहरूले आफूमा संक्रमण रहेकोबारे अरूलाई जानकारी नगराउँदा संक्रमण अझै फैलिएको हुनसक्ने बताइएको छ ।
जापानका विभिन्न नगरपालिकाहरुले हरेक दिनका सक्रमितहरु मध्ये १०० मा ६० विदेशी र त्यो ६० मा ३० जना नेपाली रहेको जानकारी गराइरहेकाले सवैजना सजग रहनु अत्यावश्यक भएकाले गभर्नर कोइकेको सन्देश निकै महत्वपूर्ण मानिएको छ ।