जापान

फुकुओकामा नेपाली वाणिज्य दूतावासको उद्घाटन

जापान क्युशु फुकुओकामा नेपाली वाणिज्य दूतावास स्थापना भएको छ । दूतावासको नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ  नेपालीहरुको बाक्लो उपस्थिति रहेको फुकुओका वाणिज्य दूतावासको आवश्यकता महसुस गरी सरकारले किमोतो युइचिरोलाई दूत नियुत्त गरी कार्यालय संचालन गरेको हो ।

यअघि गत अक्टोबर २६ तारिकबाट हाकाता एकी हिगासीमा बाणिज्य दूतावासको कार्यालय खोलिएको छ र यसको उद्घघाटन समारोह हिजो अर्थात नोभेम्बर ११ तारिक सम्पन्न भएको छ ।

वाणिज्य दूतावास उद्घाटन समारोहमा प्रमुख अतिथिको नेपाली राजदुत श्रीमती प्रतिभा राणा जुममार्फत गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय ब्यूरो, योजना र क्षेत्रीय विकास विभाग, फुकुओका प्रान्तका निर्देशक फुरुकावा र फुकुओका शहर सामान्य मामिला योजना ब्यूरो अन्तरराष्ट्रिय बिभागका निर्देशक कुबोताले शुभकामना दिनुभएको थियो ।

त्यस्तै क्युस्युमा सकृय संघसंस्थाहरुको प्रतिनिधित्त्व गर्दै धर्मराज अधिकारिले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो भने समारोहमा नेपाल झल्किने नृत्य तथा नेपाली बाजा प्रयोग गरिएका धुनहरु प्रस्तुत गरिएको थियो ।

उद्घघाटन कार्यक्रममा बोल्दै नब नियुक्त बाणिज्यदूत किमोतो युइचिरोले उपस्थित सबैलाई धन्यबाद दिँदै आफू पनि झन्डै २२ बर्ष जति विदेशको जीवन ब्यतित गरेकोले परदेशको सकशको अनुभब भएकोले नेपाल र नेपालीको हितको लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन एनआरएन जापान क्युशुका संयोजक देवराज उप्रेतिले गर्नुभएको थियो भने उद्घघाटन समरोहमा फुकुओका प्रिफेक्चर र सिटीका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,जापानी भाषा स्कुलका प्रतिनिधिहरु, ब्यबसायिक ब्यक्तिहरु, स्थानीय नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।


 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.