राजनीति

डा. खतिवडा, रेग्मी र विश्वकर्मा अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका राजदूतमा अनुमोदन

संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुुमोदन गरेको छ ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहिबारको बैठकले उहाँहरुको नाम अनुुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुुभयो ।

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डा निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरीे अनुुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुुभयो ।
राजदूूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशाव्यवसाय गरी रहेबसेका नेपालीको हितमा काम गर्ने बताउँदै उहाँहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुु¥याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गर्नुभएको थियो ।
प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुूरीकर्ता भने समितिसमक्ष उपस्थित भएन्न । यसअघि बैठकमा सदस्यले उहाँहरुलाई लक्ष्य गरी परेका उजुुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुुझी प्राथमिकता तोकेर काम गर्न सुुझाव दिनुुभयो । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ ।
–––

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.