जापान
तमु धीं जापानले भिषा सेमिनार गर्दै
जापानमा रहेका नेपालीहरुका लागि तमु धीं जापानले अनलाइन भिषा सेमिनारको आयोजना गर्ने भएको छ ।
तमुधीं जापानका महासचिव चित्र गुरुङका अनुसार नेपाली कामको समस्या तथा समुदायको मागलाई मध्यनजर गर्दै “तोकुतेई गिनोउ” भिषा सम्बन्धी जुम अनलाईन सेमिनार गर्न लागेको हो।
श्रोत व्यक्ति भीम गुरुङ रहनु भएको तोकुतेई गिनोउ भिषा सम्बन्धी कार्यक्रममा समय मिलाएर सहभागि भई मौकाको फाईदा उठाउन सम्पूर्ण जापानवासी नेपाली समुदायमा तमु धीं जापानले अनुरोध गरेको छ ।