राजनीति

नेकपा सचिवालय बैठक बस्दै : विवाद साम्य होला कि अरु चुलिएला ?

लामो समयदेखिको विवाद र विभाजनको सन्मुखमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना विपरीत अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएपछि चुलिएको विवाद सामन्य पार्न यो बैठक आव्हान गरिएको हो ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले सचिवालयको बैठक माग गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष अ‍ोलीलाई पत्र नै बुझाउनुभएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बोलाउनुभएको हो ।

संगठनको सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार सञ्चालनलगायत मुख्य रूपमा कोभिड–१९ को विषयमा बैठकमा छलफल हुने बताइएको छ । त्यस्त नेताहरुले बैठक माग गरेपछि अर्का अध्यक्ष ओलीले पार्टीको विधि र पद्धति अनुसार सचिवालय बैठक बोलाउन लिखित निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम महासचिव पौडेलले बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.