जापान

फुकुओकामा शिव मन्दिर निर्माण- गणेशको मूर्ति प्रतिस्थापन

जापानको फुकुओका शहरमा हिन्दुहरुका आराध्यदेव भगवान शिवको मन्दिर निर्माण गरिएको छ । त्यसै गरी मन्दिर परिसरमा गणेशको मूर्ति पनि प्रतिस्थापन गरिएको छ ।

फुकुओकाका हाकाता शहरमा रहेको याशिजुकको स्योतेनगाई बजारमा बनाइएको शिव मन्दिरमा १३ सय किलो तौल र १ सय ५८ सेन्टिमिटर अग्लो गणेशको मूर्ति प्रतिस्थापन गरिएको हो ।

आजियान स्योतेनगाई नाम राखी एसियाका विभिन्न देशका पसलहरु सहित संचालनमा रहेको उक्त बजारमा चीन, म्यान्मार लगायतका देशको चिनारी झल्काउने सम्पदा रहे पनि नेपालको प्रतिनिधित्व भएको थिएन ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेको फुकुओकामा व्यवसायी तथा एनआरएनए आईसीसी सदस्य लक्ष्मण बानियाँको पहलमा मन्दिर निर्माण र मूर्ति प्रतिस्थापन गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.