क्रिकेटखेल

टी २० विश्वकप २०२२ को उपाधी बेलायतलाई

अष्ट्रेलियमा जारी टी २० विश्वकप २०२२ को उपाधी बेलायतले जितेको छ । आइतबार समपन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटको पराजित गर्दै बेलायतले आईसीसी टी–२० विश्वकप २०२२ को उपाधि जितेको हो ।

बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि बेलायतले दोस्रोपटक टी २० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य बेलायतले एक ओभर बाँकी छँदै पूरा गरेको हो । बेलायतलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए ।

४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेको इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हुन् । यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउट हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।

रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११।१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।

पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बेलायतका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.