प्रबास

अष्ट्रेलियामा दुर्घटनामा परी एकै परिवारका तीनजनाको मृत्यु

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । चितवन घर भएका नेपाली सवार कारलाई मालवाहक ट्रक्लले ठक्कर दिंदा दुर्घटनाग्रस्त भएको थियो ।

एकै परिवारका चारजना सवार कार दुर्घटनामा परी कार चालक, उनकी श्रीमती र नाबालक छोराको घटनास्थलमा मृत्यु भएको छ भने मृतक महिलाकी आमा गम्भीर घाइते हुनुभएको छ ।

सब वे बाट मुख्य सडकमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक भने सामान्य घाइते भएका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । उक्त दुर्घटना भएको थियो । उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए ।

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.