राजनीति
डा. गोविन्द केसीलाई कोरोना संक्रमण : सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि अभियान चलाइरहनुभएका त्रिवि शिक्षण अस्पतालका अवकाश प्राप्त चिकित्सक प्रा.डा. गोविन्द केसी कोरोना संक्रमित हुनुभएको छ । उहाँको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्वीटमा लेख्नुभएको छ “कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।”