जल/वातावरण

नेपालमा कोरोना : संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालमा पछिल्लो समय कोरोना संक्रमित हुनेको तुलनामा संक्रमणपछि निको हुनेको संख्या बढी रहेको छ । शनिबार मुलुकभर कोरोना भाइरस एक हजार ९ सय ४६ जनामा पुष्टि भयो भने को छ । दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो । ती सङ्क्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन ।

ती सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएकोे छ । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय सङ्क्रमित रहेका छन । मन्त्रालयका अनुसार आज १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ । उपत्यकामा ८३५ सङ्क्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष ९आइसियु० र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।

ती मध्ये आइसियुमा प्रदेश १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन । भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना रहेका छन ।

पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शुन्य सङ्क्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२० जना रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.