चुलु हिमालको चुचुरोमा देवकोटा र विकल
नेपालीहरुको दोस्रो महान पर्व तिहारको लष्ममीपूजाका दिन नेपाली भाषा साहित्यका दुई मुर्धन्य हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकलको जन्मजयन्ती पनि पर्दछ । तिहारको रमझमसंगै यी दुई हस्तीको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् ।
कार्तिक २९ गते लक्ष्मीपूजाका दिन आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानमा आख्यानकार रमेश विकलको पूर्णकदको शालिक अनावरण गरियो भने महाकवि देवकोटाका विषयमा विविध कार्यक्रम भए । तर लक्ष्मी र विकल जयन्तीका अवसरमा युवा कवि तथा आरोहीहरुले भने दुई साहियकारका तस्वीर मनाङ जिल्लामा रहेको चुलु इस्ट हिमालको चुचुरोमा पुर्याएर फरक काम गरेका छन् ।
प्रथम साहित्यिक हिमाल आरोही तथा महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा तथा उद्धव थापाले शनिबार दिउँसो ११ बजे चुचरोमा पुगेर दुबै सहित्यकारको तस्बिर राखेर जन्मजयन्ती मनाएर नयाँ शुरुवात गरिएको बताउनुभयो ।
उहाँहरुले सधैं एकै किसिमले गर्नुभन्दा फरक गरौ भनेर महाकवि लक्ष्मीप्रसाद देवकोट तथा आख्यानकार रमेश विकलको जन्मजयन्तीको अबसरमा उहाँहरूको तस्बिरलाई चुलु इस्ट हिमालको चुचुरोमा पुर्याइएको बताउनुभयो ।