कर्पोरेट/पर्यटन

लुक्ला विमानस्थल स्थानीय तहमा हस्तान्तरणको तयारी

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल चाँडै स्थानीय सरकारलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बताउनुभएको छ ।

खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको मागअनुसार कानुनी प्रक्रिया पूरा गरी चाँडै हस्तान्तरण गर्ने जानकारी दिनुभएको हो । मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल भएका समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गर्न आग्रह गर्नुभयो ।

उहाँले खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गर्ने तथा नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र मजदूरलाई विशेष तालिम दिइने पनि घोषणा गर्नुभयो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थलको स्तरोउन्नति तथा सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक छलफल गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयबाट प्राप्त रु तीन करोड ६३ लाखको बजेटबाट करिब चार महिना अगाडि निमार्ण सम्पन भएको सूचना केन्द्र आज गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.