अझै जारी छ चिट्ठा परेको भन्दै ठगी गर्ने कार्य
सूचना प्रविधिको दुरुपयोग चिट्ठा परेको छ, सामान आएको छ, त्यसका लागिगरी ठगी गर्नेहरु सल्बलाइरहेको र त्यस्ताबाट सचेत रहन जति नै सन्देश जारी गर पनि पैसा पाउने लोभमा फस्नेहरुलाई ठगहरुले फसाइरहेका छन् ।

यसै क्रममा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका ३ वतन भएका २३ वर्षीय विकाश गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ।
विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेका थिए ।
विभिन्न व्यक्तिहरु गठिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्