जल/वातावरण

मृर्गी उपचारको बहानामा नाबालिगको बलात्कार

बर्दियामा एक नाबालिकको मृगीको उपचारको बहानामा बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घरमै मृर्गी, पिनास, टाउको दुख्दे, सर्पले टोकेका व्यक्तिको जडिबुटीबाट उपचार गर्ने उनले उपचारकै नाममा नाबालिगको बलात्कार गरेका हुन् ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

समाचार अनुसार बर्दियाका राजापुर नगरपालिका वडा नंं ९ भिम्मापुरमा ती व्यक्तिसंग एक वर्षदेखि उपचार गराइरहेकी बालिकालाई बलात्कार गरिरहेको अवस्थामा उपचारकै लागि आएका अर्को व्यक्तिले देखेपछि फरार रहेका थिए ।

यही कार्तिक ३० गते विहान बलात्कार गरिरहेको अर्को व्यक्तिले देखेपछि फरार उनलाई २४ गते नै पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

जडिबुटीमा औपचारिक अध्ययन नभएका उनी १५ वर्षअघि गाउँघरमा ज्याला मजदुरी तथा मिश्र काम गर्थे भने त्यसपछि आफ्नै घरमा मृर्गी, पिनास, टाउको दुख्ने मात्र हैन सर्पले टोकेका मानिसको समेत उपचार गर्ने गरेका थिए ।

हरेक मंगलबार मात्रै उपचार गर्ने उनले महंगो शुल्क लिने गरेका थिए । सर्पले टोकेको ५ हजार, मृर्गीको ८ हजार रुपैयाँ असुल्दथे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.