जन सरोकार

नेपालमा कोरोना संक्रमण : संक्रमित हुनेभन्दा निको हुने दोब्बर

नेपालमा केही दिनयता कोरोना संक्रमणमा नियन्त्रण आउन थालेको देखिएको छ । संक्रमित हुनेको संख्या घटिरहेको छ भने निको भएर घर फर्कनेको संख्या त्यसको दोब्बर बढी हुन थालेको छ ।

आइतबार पछिल्लो २४ घण्टामा छ हजार ४७६ जनामा परीक्षण गर्दा थप एक हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणमुक्त हुनेको संख्या २ हजार ७ सय ९८ रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ९ हजार ७ सय ७६ पुगेको छ । त्यस्तै संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, ललितपुरमा १३३, रुपन्देहीमा ९१, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२/२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ÷आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।

खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार÷चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच/पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन/तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई/दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.