राजनीति

ओली-प्रचण्ड 'भजन' जनताका लागि सुन्न लायक छन् : डा. लोहनी

सत्तारुढ नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो विवाद र आरोप प्रत्यारोपले राजनीतिक अस्थिरता उत्पन्न गरिरहेको छ । दुई अध्यक्षका खेमाहरु एकले अर्कोलाई आरोपित गरेर आफू चाखिने प्रयास गरिरहे पनि नेकपा विभाजनको संघारमा पुगेको छ ।

प्रधानमन्त्री ओली र अधयक्ष प्रचण्ड दुबै आफ्ना पक्षमा नेताहरुलाई पार्न गुटगत बैठकलाई तीब्रता दिइरहँदा प्रचण्डको पत्र र त्यसको जवाफमा प्रधानमन्त्रीले पठाएको अर्को पत्रले विवाद अरु छताछुल्ल भएको छ ।

यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेकपाका दुई अध्यक्षको विवादले सो पार्टीको यथार्थता जनताले बुझ्न पाएको भन्दै व्यंग्य गर्नुभएको छ । डा. लोहनीले ट्वीट गर्दै दुई अध्यक्षले गाउन थालेको भजन जनताले सुन्न लायक रहेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ “सम्माननीय ओलीजी र सम्माननीय प्रचण्डजीले एकले अर्कोको भजन गाउन थाल्नु भाएको छ। तपाईहरु दुवैको भजन सुन्नलायक छ । जनतालाई यथार्थता बुझाइदिनु भएकोमा धन्यवाद छ”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.