प्रबाससाहित्य

कोलोराडोमा महाकवि देवकोटा र विकल जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो ।

नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार सम्पन्न जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले महाकवि देबकोटा र रमेश विकलका बारेमा स्लाईड प्रदर्शन गरी उहाहरुको जीवनीबारे प्रकाश पार्नु भएको थियो ।

सोही कार्यक्रममा महाकवि देवकोटाका कृतिहरुबारे टिप्पणी गर्नुहुँदै साहित्यकार गोवद्र्ध पूजाले रमेश विकलकाबारेमा पनि स्मरण गर्नुभएको थियो भने साहित्यकार पदम विश्वकर्माले पनि देवकोटा र रमेश विकलका बारेमा स्मरण गर्नुभयो ।

सो कार्यक्रममा नेपालबाट आउनुभएका साहित्यकार महेन्द्र चालिसेले आख्यानकार रमेश विकलका बहुआयाम प्रतिभा, घरेलु जीवन, तथा उहाँका राजनैतिक सामाजिक र जागिरका बारेमा अहिलेसम्म उल्लेख नभएका विभिन्न पाटाबारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमका अधिकांश सहभागीहरुले विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा अनेसासले गरेको योगदानको सराहना गर्नुहुँदै देवकोटा र विकलका बारेमा स्मरण गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले यस अघि कोलोराडोमा भानु जयन्ती र देवकोटा जयन्ती मात्र मनाउने परम्परा रहेकोमा यस वर्षदेखि नेपाली साहित्यका यसश्वी साधक रमेश विकलको जन्मजयन्ती मनाउन पाउँदा अनेसास कोलोराडो च्याप्टरले आफूलाई गौरवान्वित ठानेको छ भन्नुभयो ।

दुई चरणमा संचालन भएको सो कार्यक्रम पहिलो चरणमा श्रष्टाद्वयको जीवनी र उहाँहरुको कृतिहरुको चर्चाको साथै साहित्यिक रचनाहरुको वाचन गरियो भने दोस्रो चरणमा अनेसास, कोलोराडो शाखाको वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो ।

महेन्द्र चालिसे, हाल कोलोराडो अमेरिका

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.