राजनीति

सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित काममा

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै भैरहेको नेपाल बारको आन्दोलनलाई सघाउन बेञ्च वहिस्कार गर्दैआउनुभएका सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किनुभएको छ ।

नियमित जस्तै बारको धर्नाकाबीच सर्वोच्च प्रवेश गर्नुभएका प्रधान न्यायाधीश राणाले बन्दी प्रत्यक्षीकरणसहित १० मुद्दाको पेशी तोक्नुभएपछि न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किनुभएको हो ।

यसअघि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्दै आउनुभएका उहाँहरुले आजबाट
अन्य मुद्दाहरु पनि हेर्न सुरु गर्नुभएको छ । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुँडालले भने बन्दी प्रत्यक्षीकरण मात्रै मुद्दा हेर्नुभएको छ ।

आजका लागि प्रधानन्यायाधीश जबराले ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोक्नुभएको छ । सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.