जल/वातावरण

कोरोना परीक्षणमा कमी गरेसंगै संक्रमित पनि घट्दै गए

पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार १ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २ जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् ।

मंगलबार देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।

२ हजार ८७८ जना निको

त्यस्तै आज २ हजार ८७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।

१७ को निधन

आज कोभिड–१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् ।

शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.