अर्थकृषि

दूधको मूल्य वृद्धि गर्न किसानको माग

चितवनका किसानले दूधको मूल्य वृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दूधको मूल्य वृद्धि गर्न माग गरेका हुन् ।

दुग्धजन्य परिकार

सोमबार चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजना गरी दूधको सङ्घका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दूधको मूल्य वृद्धि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले विसं २०७९ मा वृद्धि भएको दूधको मूल्य त्यसपछि वृद्धि नभएको बताउनुभयो ।

अहिले दूध उत्पादक किसानले प्रतिलिटिर चार फ्याट र आठ एचएनएफ भएको दूधको मूल्य रु ६५ पाउने गरेका छन् । यो मूल्यलाई बढाएर कच्चा दूध प्रतिलिटर रु ७५ पुर्‍याउनुपर्ने माग सङ्घले गरेको छ । दाना चोकरको मूल्य वृद्धि भएसँगै दूधको लागत मूल्यमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “दशैंअघि देखि दूधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन ।” आफूहरुले दूधको मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेट गरी मूल्य वृद्धिको माग गरेको बताउनुभयो । सामान्य अवस्थामा दूधको लागत मूल्य प्रतिलिटर रु ५५ देखि ६० पर्ने गरेको छ । अहिले दाना चोक्करको मूल्य बढेपछि लागत मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो ।

अहिले जिल्लामा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत दूध सङ्कलन गरेर बजारमा पुर्‍याउँदै आएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.