राजनीति

राष्ट्रपति र चिनीया राजदूतको सक्रियतापछि नेकपा बैठकमा दुबै अध्यक्ष उपस्थित

शीर्ष नेताहरुको विवाद, आरोप, प्रत्यारोपका कारण पार्टी विभाजनकै संघारमा पुगेको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी र चिनीया राजदूतको सक्रियताले सार्थक नतिजा दिएको छ । बुधबार सुरु भएको सचिवालय बैठकमा दुबै अध्यक्षको उपस्थिति रहेको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले केही दिन बैठक सार्न आफू पक्षका नेतामार्फत अर्का अध्यक्ष प्रचण्डलाई प्रस्ताव पठाए पनि उहाँले अस्वीकार गरेपछि परिस्थिति असहज बनेको थियो । त्यसपछि अध्यक्षा प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास जानुभएको थियो ।

मंगलबार राति नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभएको थियो । रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

सो भेटवार्तापछि नेकपाको विवाद समाधानमा एकचरण सफलता मिलेको विश्लेषण भैरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा दुबै अध्यक्षको उपस्थितिमा बैठक चलिरहेको हो ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका नौ जनै सदस्य सहभागी छन् । यही बैठकका लागि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.