राजनीति

नेकपा सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अर्को बैठक मंसिर १३ गते बस्ने गरी स्थगित गरिएको हो । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने बुधबारलाई बैठक तय भएको थियो । आजको बैठकममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताउनुभएको छ ।

आजको बैठक स्थगित गर्न प्रधानमन्त्री तथाा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई अध्यष प्रचण्डकहाँ प्रस्ताव पठाउनुभएको थियो । तर अध्यक्ष प्रचण्डले बैठक स्थगित गर्ने भए पनि बैठक बसेरै गर्ने अडान राखेपछि दुबै अध्यक्षको उपस्थितिममा बैठक बसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.