सामूहिक राजीनामा दिन महासचिव पौडेलको प्रस्ताव : प्रचण्ड-नेपाल समूह मुखामुख

पार्टी एकताका लागि मरिहत्ते गरेर मेहेनत गर्नुभएका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता जोगाउन अर्को अस्त्र फ्याँकेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दुबै पदबाट राजीनामा गराउन तम्सेका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह नाजवाफ भएको छ ।
पार्टी विभाजनको संघारमै पुगेको र अब ओलीसंग मिलेर अघि बढ्न नसकिने भन्दै गुट चलाएर बसेका प्रचण्ड नेपाल समूहलाई महासचिव पौडेलको आश्चर्यचकित पार्ने प्रस्ताव थियो- “सबैले सामूहिक राजीनामा दिऔं र नयाँ नेतत्व चयन गरौं ।”
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले नेतृत्वलाई कडा शब्द राख्दै सामुहिक राजीनामाको प्रस्ताव पेश गर्नुभयो । उहाँको तर्क थियो सचिवालयको टिम नेतृत्व गर्न योग्य नभएको र यसै गरी चल्ने भए पार्टी र आन्दोलन समाप्त हुन सक्ने भएकाले नयाँ पुस्तालाई ठाउँ खाली गर्न स्थायी कमिटीमा यो प्रस्ताव लैजाउ भनेर भनाई राख्नु भएको थियो ।
उहाँको प्रस्ताव आएपछि प्रचण्ड–नेपाल खेमाले यो विषयमा एक शब्द पनि बोलेनन् । उनीहरुले बरु यो प्रस्तावलाई नजरअन्दाज गर्दै बैठकलाई अन्य विषयमा प्रवेश गराएको एक सचिवालय सदस्यले बताएका छन् ।
त्यसो त सामूहिक राजीनामा गरेर नयाँ वपुस्तालाई नेतृत्व दिने प्रस्ताव प्रधानमन्त्री ओलीले पनि राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी एउटा अन्तर्वातामा भन्नु भएको थियो, ‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन । हामी भन्दा पछाडी रहेको करिव ६० वर्ष पुगेका नेताहरु छन्, उनिहरुलाई अब नेतृत्व किन नदिने ? हामीले नै ओगटी रहने, जो तीन दशकदेखी शक्ति पावरमा छ, घुमिफेरी त्यही व्यक्तिमा किन आउने ?’
हुन पनि नेकपामै हाल चार जना प्रधानमन्त्री भैसकेका व्यक्ति छन् । उनीहरुमध्ये धेरै त दशकौं पार्टीको नेतृत्व गरेका नेता पनि छन् ।
प्रतिक्रिया राख्नुहोस्