राजनीति

कोभिड-१९ को खोप किन्न सजिलो : औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणबिरुद्ध विश्वका विभिन्न मुलुकहरुमा खोपको अन्तिम परीक्षण भैरहेको र केही समयभित्रै बजारमा पठाइने चर्चा चलिरहेका बेला सरकारले सो अध्यादेश सिफारिश गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.