जल/वातावरण

६ हजार ७ सय ३१ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ६ हजार ७ सय ३१ पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको जानकारी दिनुभयो । हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८ सय ७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.