जापामा सक्रिय म्याग्देलीहरुको साझा संस्था म्याग्देली समाज (मोना जापान)ले आउँदो जनवरीमा फुटबल प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा विजेताले ३ लाख ५० हजार येन, मेडल र ट्रफी तथा उपविजेताले १ लाख ७० हजार येन, मेडल र ट्रफी प्रदान गरिने मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ट्रफी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद ५ हजार येनसहित ट्रफी प्रदान गरिने छ ।
टीम दर्ताको शल्क ३५ हजार येन राखिएको प्रतियोगितामा जापानमा विदेशीहरूका लागि सुरू गरिएको मिराई लाईफ ईन्स्योरेन पार्टनर रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्