कर्पोरेट/पर्यटनकलिउड

मालिङ्गोको म्यूजिक भिडियोमा राजेश हमालको जोडी प्रचण्डकी नातिनी स्मीता


गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ ।
स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।
भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिनुभएको छ । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।
सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.