जन सरोकारबिशेष

एमाले र जेनजीबीच झडपपछि बारामा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो ।

बुधबार मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको उहाँले बताउनुभयो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रजि अमिश्रले भन्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका- ४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा प्रमुख अतिथिको रुपमा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत आउन लागेपछि सिमरामा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल गर्दा दुई पक्षबिच झडप भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.