मुख्यमन्त्री नियुक्तिमा पदीय मर्यादा अनुसार काम नगरेको आरोप खेपिरनुभएका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल बिरुद्ध दुई तिहाई प्रदेशसभा सदस्यले अविश्वासको मत दिएर पदमुक्त गराएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा मण्डलमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको थियो भने विपक्षमा शून्य मत परेको थियो ।
सभामुख मण्डल अनुपस्थित बैठकमा सभामुखको विपक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने विपक्षमा भने शून्य मत परेको थियो ।
१०४ जना प्रदेशसभा सदस्य रहेको बैठकमा नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद अनुपस्थित रहेका थिए । एमाले संसदीय दलका नेता सरोज यादवलाई विधि नपुर्याएर मुख्यमन्त्री नियुक्त गरेको आरोप सभामुख मण्डलमाथि थियो ।
गत कात्तिक २७ गते मण्डलमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराएका थिए । सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका रहेका थिए ।





प्रतिक्रिया राख्नुहोस्