जापान

कोरोना प्रभावितलाई सहायता गर्न पाँचसय ५० खर्ब येनको आर्थिक सहायता प्याकेज

जापान सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावितहरुलाई सहायता गर्न तथा देशको अर्थव्यवस्था पुनर्जीवित गर्ने उद्देश्यसहित मन्त्रिमण्डलले ५ सय ५० खर्ब ऐन (४ खर्ब ८० अर्ब डलर)को आर्थिक सहायता प्याकेज स्वीकृत गरेको छ ।

यो आजसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज हो । यसमा व्यावसायिक तथा पारिवारिक सहायतालाई सामेल गरिएको छ । सहायता अन्तर्गत १८ वर्ष र सोभन्दा कम उमरका नागरिकलाई कम्तिमा ९ सय अमेरिकी डलर एकमुष्ट प्रदान गरिने छ ।

त्यसै गरी महामारीका कारण घाटामा गएका व्यवसायहरुले पनि वित्तीय सहायता प्राप्त गर्न सक्नेछन् । त्यस्तै तेल उत्पादक कम्पनीहरुले पनि सहायता पाउने छन् । जसले गर्दा कच्चा तेलको मूल्य बढे पनि कम्पनीहरुले मूल्य बढाउन पर्नेछैन । त्यसै गरी पर्यन उद्योगलाई पनि सहायता प्रदन गरिनेछ ।

प्याकेज स्वीकृतपछि प्रधानमन्त्री किशिदा फुमिओले महामारीबाट क्षतिग्रस्त भएको अर्थव्यवस्थाको पुनःनिर्माणका लागि यसलाई तत्काल लागू गरिने बताउनुभयो उहाँले सामाजिक आर्थक गतिविधि कायम राख्ने कार्यलाई प्रोत्साहन दिंदै अर्थव्यवस्थालाई तीब्र विकासको बाटामा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.