बिशेषराजनीति

रवि लामिछानेको मुद्दामा आज कस्तो आदेश आउला ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने विगो बराबरको धरौटी बुझाएर थुनामुक्त हुन दिएको निवेदनमा आज मंसिर ४ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा सुनुवाई हुँदैछ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा नख्खु कारागारमा रहनुभएका लामिछाने र छविलाल जोशीको सो मुद्दामा गत कार्तिक २७ गते सर्वोच्च अदालतबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।

गत बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मुल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि आजा बिहीबारका लागि पेशी तोकिएको अदानभयो ।

यसअघि कार्तिक २० गते पनि आचार्य–अर्याल इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेशी चढाइएको हो। अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको छ।

कार्तिक १३ गते पनि पेशी तोकिएको थियो, तर छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिनुभएको थियो । उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गर्नुभएको थियो ।

लामिछानेझैँ जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेपछि दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.