राजनीति

सरकारको दृढताबाटै समृद्धि प्राप्त हुन्छ स् मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनताको सहभागिता र सरकारको दृढताले मात्रै समृद्धि सम्भव हुने बताउनुभएको छ ।

पाँचथरको तुम्बेवा गाउँपालिका– १ ढुकुरेमा विद्युत् सवस्टेशन शिलान्यास गर्दै मन्त्री नेम्वाङले विकट ठाउँ भए पनि तुम्बेवा गाउँपालिकामा विद्युतीकरण र लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढ्नुले समृद्धिका लागि जनसहभागिता र सरकारी दृढता एवं इच्छाशक्ति आवश्यक छ भन्ने पुष्टि भएको बताउनुभयो ।

विशेष महत्वका सडक, खानेपानी तथा विद्युतीकरणका काममा सरकारको लगानीका अतिरिक्त जनताको सहयोग जुटेको बताउँदै मन्त्री नेम्वाङले सरकार र नागरिक जुटेर मुलुकको अवस्था बदल्न सधैँ दृढताका साथ लाग्नुपर्ने बताउनुभयो । वर्तमान सरकारको तेस्रो वर्षको नीति तथा कार्यक्रमले जनतालाई सहज सडक पहुँच, विद्युत्, खानेपानीलगायत सुविधा पु¥याउने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री नेम्वाङको भनाइ छ ।

“सबै ठाउँ विद्युत् विस्तार, खानेपानीको व्यवस्था, फुसका छाना विस्थापन, सबै ग्रामीण सडक मर्मतका कार्यक्रमलाई सरकारले अगाडि बढाएको अवस्था छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनताको आवश्यकताका सबै काम सरकारले क्रमशः अघि बढाउँछ ।” चालू आर्थिक वर्षमा पाँचथरसहित देशका ४० जिल्लालाई अँध्यारोमुक्त बनाउने अभियान द्रूत गतिमा अघि बताउँदै मन्त्री नेम्वाङले भौतिक पूर्वाधारमा मुख्य काम केही वर्षमा सम्पन्न गरिने बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री नेम्वाङले जनअपेक्षाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अघि बढ्नुपर्ने बताउनुभयो ।

विकट मानिएको तुम्बेवा गाउँपालिकामा सवस्टेशन निर्माणको शुरुआत गर्न पाउनु आफ्ना लागि खुशीको कुरा रहेको बताउँदै मन्त्री नेम्वाङले सवस्टेशन निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । यहाँ निर्माण हुने सवस्टेशनले पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासहित तेह्रथुम र धनकुटाका पूर्वी भेगमा विद्युत् विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

तुम्बेवा गाउँपालिका वडा नं १ ढुकुरेमा छ÷आठ एमभीए क्षमताको सवस्टेशन निर्माणका हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत उक्त सवस्टेशनका लागि कूल रु १७ करोड ८५ लाख १२ हजार ७४३ लागत रहेकामा वाइबा इन्फ्राटेक प्राली काठमाडौँले रु १६ करोड १७ लाख ५७ हजार ५८० लागतमा उक्त निर्माण कार्यको ठेक्का पाएको छ । विसं २०७६ जेठ ६ गते निर्माण सम्झौता भए पनि आज उक्त सवस्टेशनको शिलान्यास गरिएको हो । सवस्टेशनसम्म ३६।७४ किलोमिटर ३३ केभी विद्युत् प्रशारण लाइन विस्तार गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलका अनुसार फिदिम नगरपालिका–४ थापाटारमा रहेको काबेली करिडोरको सवस्टेशनबाट तुम्बेवा सवस्टेशनमा जोडिनेछ । तुम्बेवा आसपासको फिडरमा हुने समस्या सवस्टेशन निर्माणले हल हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । फदिमको सवस्टेशनबाट तुम्बेवा क्षेत्रका लागि लामो दूरी पर्ने हुँदा सवस्टेशन निर्माण अनिवार्य देखिएकाले निर्माण कार्य केही ढिला भए पनि शुरुआत भएको इञ्जिनीयर पोखरलेको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.