मलेसियामा रहेका भिसाविहीन नेपाली वैधानिक हैसियतमा काम गर्न पाउने
सबैभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने मुलुक मलेसियामा रहेका अवैधानिक हैसियतका विदेशी कामदारले वैधानिक हैसियतमा अर्को कम्पनीमा काम गर्न पाउने नीति मलेसिया सरकारले नयाँ नीति ल्याएको छ । यो नीतिबाट त्यहाँ अवैध रुपमा बसिरहेका झण्डै ५० हजार नेपाली लाभान्वित हुनेछन ।
समाचार अनुसार मलेसिया सरकारले सुरुमा गएको कम्पनी छाडेर गैरकानुनी रूपमा बसेका भिसाविहीन श्रमिकले नयाँ कम्पनीमा वैधानिक हैसियतमा काम गर्न पाउने नीति ल्याएको छ । आउँदो डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउनेछन् । श्रमिकको अभाव भएपछि मलेसिया सरकारले ‘रि–हाइरिङ’ कार्यक्रम ल्याएको हो ।
मलेसियास्थित नेपाली श्रमसहचारी प्रकाश पन्थीका अनुसार जो इलिगल भएर बसेका छन्, उनीहरूको हकमा एउटा सुनौलो अवसर हो ।र रि–हाइरिङका लागि अध्यागमन कार्यालयमा बुझाइने २ हजार रिंगेट (५८ हजार रुपैयाँ) रोजगारदाताले व्यहोर्नपर्नेछ ।
मलेसियाले नोभेम्बर १ देखि रि–हाइरिङ कार्यक्रम लागू गरेको हो । यसमा करार अवधि समाप्त भएका श्रमिक मात्रै नभई गैरकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासँग आबद्ध हुन पाउने बाटो खुलेको छ ।
मलेसियाले गैरकानुनी रूपमा बसेकालाई पक्राउ भने गरिरहेको छ । कोरोना महामारी सुरु भएयता मात्र ३१ हजारभन्दा बढी डिपोर्ट भइसकेका छन् । जसमा झन्डै चार सय जना नेपाली छन् । ‘बिनासजाय स्वदेश फिर्न पाइने अवसर दिइएको छैन तर वैधानिक हैसियतमा काम गर्न पाउने अवसर छ ।