जन सरोकार

कोरोनाले लग्यो राष्ट्रको अर्का होनहार चिकित्सक

विश्वव्यापी महामारीका रुपममा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)का कारण नेपालमा केही दिनयता वरिष्ठ चिकित्सक र विशेषज्ञहरुको निधन भएको छ । केही दिनअघि दुई चिकित्सकको निधन भएकोमा शनिबार मात्र वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

यसअघि कोरोना भाइरस सङ्क्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.