जल/वातावरण

जाडोमा कोरोना संक्रमण बढ्छ ? विज्ञ भन्छन् संक्रमणमा मौसमको कुनै सरोकार छैन

नेपालमा पछिल्लो केही महिनायता कोरोना संक्रमण तीब्रगतिमा बढिरहेको र अबको केही महिना अरु भयावह हुने आँकलन सरकारले नै गरेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा मात्रै डेढ लाख संक्रमित पुष्टि हुने आँकलन सरकारले गरेको जानकारी दिनु नै भयावह स्थिति आउने आधार बनेको छ ।

जाडो बढेसंगै संक्रमण बढ्छ भन्ने हल्ला चलिरहेका बेला स्वास्थ्य अधिकारीहरु भने कोरोना संक्रमणमा मौसमको कुनै सरोकार नभएको बताउँछन् । हुन पनि नेपालमा गर्मी हुँदा अस्ट्रेलिया, ब्राजिलमा जाडो थियो । ब्राजिलमा गर्मी हुँदा युरोपमा निक्कै चिसो थियो । तर ती स्थानहरुमा संक्रमण रोकिएन र घटेन ।

लामो समयसम्म फाट्टफुट्ट देखिएको कोरोनाा संक्रमण एकाएक ह्वात्तै बढ्यो । अहिले त न लकडाउन छ न कुनै रोकतोक अनि आम मानिसमा कोरोना केही हैन भन्ने गलत बुझाइले संक्रमण फैलिइरहेको छ । यसमा काठमाडौं उपत्यका अरु जोखिममा रहेको छ ।

लामो समय लकडाउनमा बसेका सर्वसाधारण अहिले खुला भएका छन् र संक्रमण पनि बढिरहेको छ । लकडाउनका बेला संक्रमण सामान्य थियो तर जब खुकुलो भयो मान्छे बेप्रवाह सामान्य स्वास्थ्यका मापदण्ड पनि नअपनाई हिँड्न थालेका छन् । त्यसैले जोखिम कायमै छ । स्वास्थ्य मन्त्रालयले मास्क लगाउनुस् अनिवार्य सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेको छ तर कतिले माने, कतिले मानेनन् अनुगमन छैन ।

अहिले काठमाडौँको अवस्था एकदमै विस्फोटक देखिँदै छ । झन्डै ५० लाख जनसङ्ख्या बस्छ काठमाडौँमा जसमध्ये कुल जनसङ्ख्याको दुई प्रतिशतलाई मात्रै कोरोनाले छोयो भने १ लाखलाई पुग्छ । अनि ती एक लाखलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए के हुन्छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौततमको प्रश्न यस्तै छ । उहाँ भन्नुहुन्छ काठमाडौंमा अवस्था यही रूपमा अघि जाने हो भने भयावह हुनेवाला अवश्य छ ।

कोरोनाका विषयमा मानिसमा भ्रम पैदा गरिएकोमा उहाँको चिन्ता छ । उहाँ भन्नुहुन्छ अहिले पनि मान्छेलाई चर्चामा आउन रेम्डिसिभिर भनेको छ । कन्भालेसन प्लाज्मा भनेको छ । आइसियु भनेको छ । भेन्टिलेटर भनेको छ । यी कुनै पनि सत्य होइनन । कोरोनाको अहिलेसम्म कुनै उपचार छैन । त्यसकारण सङ्क्रमणको रोकथाम गर्नु मुख्य कुरा हो । यो कुरामा मान्छेले अहिले पनि पटक्कै ध्यान दिएका छैनन् । यस कारण काठमाडौँमा आम मानिस सचेत नहुने हो भने जुन कुनै बेला भयावह हुने अवस्था छ ।

उपत्यकामा अस्पताल बेडहरुको अभावका सन्दर्भमा डा. गौतम अहिलेसम्म जसोतसो व्यवस्थापन भएको बताउनुहुन्छ । जुन किसिमले सङ्क्रमित थपिएका छन् त्यही किसिमले डिस्चार्ज पनि हुँदै गए भने बेडको समस्या हुँदैन, तर त्यो भएन र धेरै थपिने निको भएर जाने कम हुँदा अहिले नै मुस्किल भइरहेकाले पनि त्यो बेला समस्या हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.