खेलजापान

डिसेम्बर १३ मा हुने चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै

कविकिरण न्यौपाने, टोकियो

विगत ५ वर्षदेखि आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता मात्र हात परेको छ । अहिले सम्म अपराजित अबिरल डिसेम्बर १३ तारिक टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्ग प्रतिप्रधामा भिड्दै छन् ।

उनी ब्राज़ीलियन खेलाडी किमुरा फिलिप संग भिड्न लागेका हुन् । यसअघिनै के वन ग्राण्ड प्रिक्सको टाईटल बेल्ट जितेका किमुरा जापानमा व्यवसायिक के वन किक बक्सिङ खेलाडी हुन् ।

हिमालयन चितुवाका नामले समेत चिनिएका अबिरल अग्रजहरुको प्रेरणा अनि आर्शिवाद समेत प्राप्त गरिरहेको बताउँदै जितको लागिीकडा मिहेनत गरिरहेको बताउँछन । अबिरलले २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका छन् ।

पछिल्लो समय सेप्टेम्बर १४ मा टोकियोमै भएको ७० किलो तौल समुहको भिडन्तमा जापानका चर्चित किक बक्सिङ फाईटर थाचुयालाई हराउँदै अबिरलले आफ्नो बिजयीलाई निरन्तरता दिएका थिए । अबिरलले यसअघि खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित ९ खेलमध्ये ८ वटामा जित निकालेका थिए । अबिरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् ।

करिब पाँच वर्ष जापान बसाईको क्रममा अबिरल लाई निरन्तर सफलता मिलिरहेको उनका वुवा तथा प्रशिक्षक देव घिमिरेको भनाइ छ । बुवाकै प्रेरणावाट आफू यस खेलमा लागेको अविरल बताउँछन ।

उनका बुवा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । साथै देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।

पछिल्लो समय अबिरलको प्रशिक्षण स्थलमा भेटिएका एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीले आफू अबिरलको हौसलाका लागि आएको बताउँदै यसपाली पनि अबिरल बिजयी हुनेमा आफु विश्वत रहेको बताए ।

त्यस्तै युनिटी गाईजका सल्लाहकार समेत रहेका अनिल शाक्यले सबैले अबिरललाई हौसला बढाउन आग्रह गरे । प्रशिक्षण स्थलमा नै भेटिएका एनआरएनए एसिया प्यासिफिक उप संयोजक पारशमणि पोखरेलले अबिरलले किक बक्सिङ्गको माध्यमबाट आफू मात्र नभई नेपाल र नेपाली समेत चिनाएको बताए ।

यतिवेला अविरल प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् । प्रक्षिक्षण स्थलमा अविरललाई हौसला प्रदान गर्न नेपाली तथा जापानी खेलप्रेमीहरुको लर्को नै लागेको देख्न पाइन्थ्यो । त्यसै क्रममा जापानकै चर्चित केवन बक्सर खेलाडी मासादो पनि आएका थिए । उनले अविरलको प्रशिक्षण हेर्नुको साथै अविरललाई बिजयको शुभ कामना पनि दिए । उनी विश्व बिजेता जापनिज खेलाडी रहेको अविरलका वुवा तथा प्रक्षिक्षक देब घिमिरेले बताए ।

उनले सबैलाई यसअघि झैं अबिरललाई साथ सहयोग प्रदान गर्न र सम्भव भएसम्म खेल मैदानमा आएर हौसला प्रदान गर्नु हुन सबैमा आग्रह गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.