जन सरोकार

सिमीकोटको कृषि विकास कार्यालयमा राखिएको बम सेनाद्वारा निष्क्रिय

सुतली बम नेपाली सेनाद्वारा निष्क्रिय

नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निस्क्रिय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आइतबार बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो ।

ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.