जल/वातावरण

विदेशबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिश

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोक्न कडाईको नीति अख्तियार गरेको छ । मन्त्रालयले स्थल तथा हवाई मार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिश गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्दै स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ दिनको क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको पिसीआर परीक्षण गरिने र अन्यलाई घर पठाइने गरी पत्राचार गरिएको छ ।

अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो । अहिले उपत्यका बाहिरबाट तथा विदेशबाट निर्वाध भित्रिने र बाहिरिने क्रम बढिरहेकाले संक्रमण बढिरहेको छ ।

त्यसो त यसअघि विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यायन्वयनमा छैन । सरकारले कहिलेदेखि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नीति ल्याउँछ त्यो भने खुलेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.