जल/वातावरण

परीक्षण घटाउँदै संक्रमित कम देखाउँदै- आठ हजार परीक्षण डेढ हजार संक्रमण पुष्टि

दशैं तिहारमा नेपालमा कोरोना परीक्षणको दर निकै घटेको छ । दैनिक १८ देखि २० हजारसम्म परीक्षण हुने गरेकोमा अहिले ६ देखि ८ हजारको हाराहारीमा परीक्षण भैरहेको र संक्रमितको संख्या पनि सोही अनुपातमा घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएकामा एक हजार ६ सय ६९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९ सय ६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ८६ जना रहेका छन् ।

आइतबार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।

यसै गरी थप १६ जनाको मृत्यु भएको छ । यसै गरी ५ हजार ६ सय ९९ जना निको भएका छन् । निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहेको बताउनुभयो ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.