राजनीति

सभापति देउवाको गृहजिल्लामा कडा प्रतिस्प्रर्धा

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला बैतडीमा जिल्ला र क्षेत्रीय नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुनेभएको छ ।

देउवाका आलोचक नेताको साझा बैठक

पार्टीको जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिबार सम्पन्न दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र ९क०मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र (ख)मा शिवराज भट्ट विजयी भएका छन् ।

प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ । उहाँले भन्नुभयो, “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताउनुभयो ।

चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ ।

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् ।

चौध जना निर्विरोध

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको लमजुङ्को जिल्ला अधिवेशनबाट १४ जना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस लमजुङ जिल्ला कार्यसमितिको विभिन्न पदमा १४ जना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताउनुभयो । निर्विरोध भएकाबाहेक अन्य पदका लागि आज दिउँसो ३ बजेदेखि मतदात सुरु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.