जन सरोकार

हरेक २४ सेकेन्डमा एकजनाको सडक दुर्घटनामा मृत्यु

विश्वमा हरेकदिन हजारौंको संख्यामा सडक दुर्घटनाबाट हुने मृत्युको संख्या कहालिलाग्दो रहेको छ । हालै सार्वजनिक भएको एक तथ्यांक अनुसार प्रत्येक २४ सेकेण्डमा एकजनाको दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

सडक दुर्घटनाबाट यति ठूलो सख्यामा मृत्यु हुने तथ्य पत्ता लागेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो यसबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ ।

त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चलान गर्नुपर्छ । विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिनुभएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गर्नुभएको हो ।

उहाँले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो ।

यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उहाँले विश्वका देशहरुलाई आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.