राजनीति

अध्यक्ष प्रचण्ड र चिनीया राजदूत यान्छीबीच भेटवार्ता

पार्टी विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षा र चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीको सक्रियताको निकै चर्चाँ भएको थियो ।

समाचार खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा क विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । यसअघि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नुभएको थियो ।

नेकपाको विवाद उत्कर्षमाा पुगेको र चिनियाँ रक्षा मन्त्री वेइ फेङहेको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियाँ रक्षामन्त्री मंसिर १४ गते काठमाडौं आउनुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.